२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

काबुलबाट थप ८७ जना काठमाण्डौ आइपुगे



काठमाण्डौ ।

अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । हिजो बिहान १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगेका थिए । अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५ जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पुर्‍याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  ८ : ३४ बजे