३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

एमालेमा फुटः नेकपा एमाले समाजवादी, चुनाव चिह्न खुला पुस्तक !



काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाएको छ।

नयाँ पार्टी आजै दर्ता गर्ने तयारी रहेको एक केन्द्रीय सदस्यले बताए।

‘धेरै थरी सुझाव आएको छ। तर हामीले पार्टीको नाम नेकपा एमाले समाजवादी रहने टुंगो लगाएका छौं । चुनाव चिह्न पनि खुला किताब राख्ने निर्णय गरेका छौं,’ ती सदस्यले भने।

पार्टी विभाजनका लागि सहजीकरण गर्न सरकारले मंगलबार मात्रै अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपतिद्वारा केही बेरअघि मात्रै प्रमाणीकरण गरेकी छन्।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  १ : ४७ बजे