२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

काठमाडौं आइपुग्यो ८ लाख डोज भेरोसेल खोप, आजै थप ८ लाख आउँदै



काठमाडौं ।

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ। गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।

उनकाअनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने उनले बताए। यो खोप सरकारले खरिद गरि ल्याएको थापाले बताए। भेरोसेलको पहिलो डोज लगाएर बसेकाहरूलाई यो खोप दिइनेछ, उनले भने।

प्रकाशित मिति : ३ भदौ २०७८ बिहिबार ००:००  ३ : २२ बजे