८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लुम्बिनी प्रदेशसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौँ ।

देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्। प्रदेश १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्। राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहि प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।न्यून चापिय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ४ भदौ २०७८ शुक्रबार ००:००  ६ : २६ बजे