२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

महन्थ ठाकुर समूहको नाम (लोसपा) नेपाल प्रस्ताव




काठमाण्डौ ।
महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ ।

गएको बुधवार जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर जसपा लोकतान्त्रिक पार्टी नाम दर्ताको निवेदन दिएको ठाकुर समूहले आज शुक्रवार नाम फेरेको हो ।

यसअघि निर्वाचन आयोगले जसपा नेपालसँग नाम मिल्दोजुल्दो भएको भन्दै नयाँ नाम दिन सुझाएको थियो । नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालसहित ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ भदौ २०७८ शुक्रबार ००:००  ३ : ०३ बजे