३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

लुम्बिनी प्रदेशसभा बैठक आज, अवरोध गर्ने एमाले तयारी



काठमाडौं ।
लुम्बिनी प्रदेशसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने तय गरिएको छ। आज नवौं अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो।

बैठक बोलाइए पनि प्रमुख प्रतिपक्षी दल एमालेका कारण बैठक सञ्चालन हुने सम्भावना न्यून छ।

सभामुखले सूर्य चिह्नबाट लडेका सासद हटाउन अस्वीकार गरेपछि एमालेले विरोध गर्दै आएको छ। एमालेले यसअघि नै प्रदेश सभा चल्न नदिने भन्दै आएको छ।

प्रदेश सभा सदस्य अजय शाही र विमला ओलीलाई एमालेले गरेको कारबाही सभामुखले अस्वीकार गरेका थिए।

प्रकाशित मिति : ७ भदौ २०७८ सोमबार ००:००  ९ : ०६ बजे