काठमाडौं ।
लुम्बिनी प्रदेशसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने तय गरिएको छ। आज नवौं अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो।
बैठक बोलाइए पनि प्रमुख प्रतिपक्षी दल एमालेका कारण बैठक सञ्चालन हुने सम्भावना न्यून छ।
सभामुखले सूर्य चिह्नबाट लडेका सासद हटाउन अस्वीकार गरेपछि एमालेले विरोध गर्दै आएको छ। एमालेले यसअघि नै प्रदेश सभा चल्न नदिने भन्दै आएको छ।
प्रदेश सभा सदस्य अजय शाही र विमला ओलीलाई एमालेले गरेको कारबाही सभामुखले अस्वीकार गरेका थिए।







प्रतिक्रिया