२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी



बुटवल ।
लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले सोमबार पनि अवरुद्ध पारेको छ । एमालेले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो ।

सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने भनी निर्णय गरिसकेका छन् । एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ ।

सोमबार प्रदेशसभा बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । उनीहरुले रोष्टममा नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०७८ सोमबार ००:००  २ : ०९ बजे