रुपन्देही ।
लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिँदा केसीका पक्षमा ४२ सांसदले मत दिए। सभामुखसहित ४३ जना उपस्थित बैठकमा १ जना तटस्थ बसे । एमालेले सभा बहष्कार गरेका कारण विपक्षमा भने शून्य मतदान भयो । ८० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत चाहिन्छ ।







प्रतिक्रिया