२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै



काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिम आज (मंगलबार) ओमान प्रस्थान गर्दै छन् ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान जान लागेका हुन् ।

नेपाल क्रिकेट संघ ९क्यान० ले नेपाली टिम बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने जनाएको छ । ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । खेल तालिका सार्वजनिक भएको छैन ।

सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ ९भदौ २० र २३० मा खेल्ने क्यानले जनाएको छ।

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

यस्तो छ नेपाली टिम

ज्ञानेन्द्र मल्ल ९कप्तान०, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी ९उपकप्तान०, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार

प्रकाशित मिति : ८ भदौ २०७८ मंगलबार ००:००  ६ : ०७ बजे