सन्धिखर्क ।
अर्घाखाँची जिल्लामा आजदेखि १३ औं पटक निषेधाज्ञा सुरु भएको छ । डिसिसिएमसीको अर्घाखाँचीको बैठकले आजबाट १३ औं पटक पुनः एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । यसपटकको निशेधाज्ञा जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ ।
यस अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात खुल्न दिन सकिने बताइएको छ । यस्तै सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खोल्न दिने बताइएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिने बताइएको छ ।







प्रतिक्रिया