२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कुलमानको नियुक्तिविरुद्ध शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश जबराको इजलासमा



काठमाण्डौ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा परेको छ । रिट जबराको इजलासमा दुई नम्बरमा छ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाएर आफूलाई पुनर्बहाली गर्न माग गर्दै शाक्यले दिएको रिटमा गएको बुधवार बहस हुन सकेको थिएन । आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि कारणविना गैरकानुनी ढङ्गले हटाइएको शाक्यले दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८ मंगलबार ००:००  ११ : ४२ बजे