२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला, छोरा पक्राउ



काठमाण्डौ ।

धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का ५५ वर्षका रामवृक्ष मण्डल र २१ वर्षकी अमृता मण्डलको शव फेला परेको हो । बुबा र श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले ३० वर्षका भागेश्वरकुमार मण्डललाई पक्राउ गरेको छ ।

रामवृक्ष र अमृता नदेखिएपछि स्थानीय बासिन्दाले खोजी सुरु गरेको र प्रारम्भिक अनुसन्धानका क्रममा छोरा भागेश्वरले आँपको बगैँचामा गाडेको बताएका धनुषाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।शव निकालिएको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ८ भदौ २०७८ मंगलबार ००:००  १२ : ०१ बजे