७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

अन्ततः प्रदीप नेपाल पनि निर्वाचन आयोगमा



काठमाडौं ।
नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ पार्टी नेकपा एसमाजवादी दर्ताका लागि सनाखत गर्न सांसदहरू र केन्द्रीय कमिटी सदस्यहरू निर्वाचन आयोगमा पुगेका छन्।

निर्वाचन आयोगमा सनाखत गर्न एमाले केन्द्रीय कमिटी सदस्य प्रदीप नेपाल पनि निर्वाचन आयोग पुगेका छन्।

नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राखेका थिए।

नेपालले आफ्नो नाम राखेको भन्दै आफू तटस्थ भएको बताएका थिए। पछि उनले फेरि आफू माधवकुमार नेपालको पक्षमा रहेको बताएका थिए।

सनाखत गर्ने दिन उनी आयोग पुगेका हुन्। अहिले उनी आयोगबाट फर्किइसकेका छन्। नेता जगन्नाथ खतिवडाका अनुसार नेपाल नयाँ पार्टी दर्ता गर्न सनाखत गरेर फर्किएका हुन्।

प्रकाशित मिति : ९ भदौ २०७८ बुधबार ००:००  ११ : ५७ बजे