७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

जनवादी गायक जेबी टुहुरेको निधन



काठमाडौं ।
जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को बिहीबार निधन भएको छ ।

७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काठमाडौं कंलकीमा रहेको घरमा लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोग समेत थिए। टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराएका छन् ।

उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत सर्वाधिक चर्चित छ। सो भन्दा पहिले बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ गीतबाट ख्याति कमाएका उनि तत्कालिन ने क पा माले को राजनीतिमा संलग्न रहेर मोरङमा बसोबास गरेका थिए।

लामो समय एमालेमा तत्कालिन महासचिव मदन भण्डारीको निकट रहेर काम गरेका टुहुरे जनसेवा श्री पदक, हेम सरिता संगीत पुरस्कार लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए। उनी संविधानसभामा मनोनित सदश्य पनि भएका थिए।

जे वी टुहुरे, रामेश मंजुल अरिमसँगै अग्रिम मोर्चामा रहेर संगीत कर्ममा जुटेका थिए। तत्कालिन ने क पा माले निकटस्थ जनसाँस्कृतिक संघको स्थापनामा समेत सक्रिय रहेका उनी पछिल्लो कालखण्डमा नेकपामा आबद्ध थिए।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०७८ बिहिबार ००:००  २ : २६ बजे