१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

रोनाल्डोले युभेन्ट्स छाड्ने पक्का, अब कहाँ जादैछन् ?



काठमाडौं ।
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाड्ने भएका छन् । युभेन्ट्सका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले रोनाल्डोले क्लब छाड्ने पुष्टि गरेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एलेग्रीले रोनाल्डोले क्लब छाड्ने पुष्टि गरेका हुन्।

प्रशिक्षक एलेग्रीले एम्पोलीविरुद्धको खेलमा समेत उनी उपस्थित नहुने बताएका छन् । ‘हिजो रोनाल्डोले मलाई भने की अब उनले युभेन्ट्सका लागि खेल्ने छैनन् । उनी भोलि एम्पोलीविरुद्धको खेलमा उपलब्ध हुने छैनन्,’ एलेग्रीले भने, ‘उनी यहाँ तीन वर्ष बसेर नयाँ क्लब खोज्दै छन् ।’

युभेन्ट्स छाड्ने चर्चा चलिरहदा रोनाल्डो शुक्रबार टिमको प्रशिक्षणमा समेत सामेल भएनन् । रोनाल्डो प्रशिक्षण केन्द्र पुगेपनि प्रशिक्षणमा सामेल नभई फर्किएको बताईटेको छ । रोनाल्डो टिमका सहकर्मीसँग बिदा माग्न प्रशिक्षण केन्द्र पुगेको बताईएको छ ।

स्टार स्ट्राइकर रोनाल्डो पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग जोडिएका छन् । पाँच पटकको बालोन डीु ओर विजेता रोनाल्डो प्रिमियर लिग फर्कने बताईएको छ ।

रोनाल्डोले म्यानचेस्टर युनाईटेडबाट २००३ देखि २००९ सम्म खेलेका थिए । रोनाल्डो २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए ।

रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । ३६ वर्षीय रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता एक वर्ष बाँकी रहेको छ । रोनाल्डोले गत सिजन ३३ सिरी ए लिगमा २९ गोल गरेका थिए ।

प्रकाशित मिति : ११ भदौ २०७८ शुक्रबार ००:००  ६ : ३५ बजे