२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नवलपरासी पहिरो अपडेटः बेपत्ता तीनै जनाको शव फेला



नवलपरासी ।

पहिरोमा परि बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको हुप्सेकोट गाउँपालिका ४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरोमा परि बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो तीन बजे फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो । शुक्रबार दिनभरि सुरक्षाकर्मी सहित स्थानीयले खोजी गर्दा समेत पहिरोमा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए । हुप्सेकोट –४, माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनीहरू ७ वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासि आएको पहिरोमा परि बेपत्ता भएका थिए । हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  ७ : ०४ बजे