मायादेवी अनलाइन, वाणगंगा ।
जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रका सर्वसाधारणका लागि ‘अर्लट’ जारी गरेको छ । पछिल्लो ६ घण्टामा कपिलबस्तु जिल्लाको बाणगंगा स्थित बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको र थप बर्षा हुने पूर्वानुमान रहेको भन्दै सर्वसाधारणका लागि अलर्ट जारी गरेको हो ।
यस क्षेत्रमा राति देखि अविरल बर्षा भैरहेको छ ।
मौसम विज्ञान विभागका अनुसार बाणगंगा, गुडुङ लगायतका स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने, तटीय क्षेत्र तथा डुबान भइरहने खतरा छ । यस क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।







प्रतिक्रिया