१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

एमाले निकट राष्ट्रिय युवा संघ बुद्धभूमिको अध्यक्षमा पोख्रेल



मायादेवी अनलाइन, बुद्धभूमि ।
एमाले निकट राष्ट्रिय युवा संघ बुद्धभूमि नगर कमिटीको अध्यक्षमा सन्तोष पोख्रेल चयन हुनुभएको छ । शनिबार बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा भएको भेलाले पोख्रेलको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीमा हरि पराजुली उपाध्यक्ष, देवेन्द्र खड्का सचिव, भुमा जिसी सहसचिव, प्रकाश घर्ती कोषाध्यक्षमा निर्विरोध चयन हुनु भएको छ ।

संघको नगर स्तरीय भेलालाई सम्बोधन गर्दै संघका उपाध्यक्ष सुमन पुरीले आगामी निर्वाचनमा एमालेलाई सफलता हुने गरी काम गर्न निर्देशन दिनु भएको छ । जति ठुलो गठबन्धन भए पनी एमालेलाई हराउन फलामको चिउरा चपाउन पर्ने दाबी गर्नुभयो ।

हरेक कार्यक्रममा दैनिक रुपमा एमाले प्रति आकर्शण बढेकोले पार्टी प्रवेश गर्नेको लहर चलेको पुरीले बताउनु भयो । अहिले चिन्नि चोर सबै एक भएका छन् तर पनि एमाले कमजोर नभएको उहाँको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले प्रदेश सचिवलाय सदस्य तथा कार्यालय सचिव बलराम अधिकारीले एमाले प्रति समाजिक संजालमा फुटबारे जथाभावी लेख्ने काम भएको बताउनुभयो । त्यसका विरुद्धमा उत्रिन युवा संघ तयार भएको दावी गर्नु भयो ।

एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य झविलाल पोख्रेलले आगामी निर्वाचनमा कपिलवस्तुमा एमालेको विजय सुनिश्चित रहेको बताउनुभयो ।

राष्ट्रिय युवा संघ कपिलवस्तुका संयोजक विजय कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता चक्रपाणी अर्यालको स्वागत, गोविन्द प्रसाद आचार्य (विकास)को सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  ८ : २० बजे