१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अगष्ट ३० देखि यूएईले टुरिस्ट भिसा जारी गर्ने



काठमाण्डौ ।

यूएईले आउँदो अगष्ट ३० देखि टुरिस्ट भिसा पनि जारी गर्ने भएको छ । कोरोना विरुद्धको पुरा खोप९दुवै डोज० लगाएका सबै देशका नागरिकलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले खबर लेखेको छ । टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको मध्ये कुनै एक खोप पूर्ण रूपमा लगाएको हुनु पर्नेछ । यूएई सरकारको यो निर्णयले यसअघि कोरोनाको कारण यात्रामा प्रतिबन्ध लगाएको देशलाई पनि खुला गरेको छ । टुरिस्ट भिसामा यूएई जानेले पनि ¥यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ । टुरिस्ट भिसा ३० दिन या ९० दिनको हुनेछ ।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  ११ : ३८ बजे