३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

इजरायल रोजगारीका लागि आवेदन दिएकाको भाषा परीक्षा भदौ २८ गते हुने



काठमाण्डौ ।

सहायक कामदारका लागि इजरायल जान आवेदन दिएकाहरूको भाषा परीक्षा यही भदौ २८ गते हुने भएको छ । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइनमार्फत आवेदन दिएकाहरू मध्येबाट आवेदन स्वीकृति भएकाहरूको भदौ २८ गते सोमबार विभिन्न परीक्षा केन्द्रहरूमा अङ्ग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

भाषा परीक्षा दिउँसोको १ बजे हुनेछ । परीक्षा केन्द्र र प्रवेश पत्र बारे विभागको वेबसाइट धधध।मयाभ।नयख।लउ मार्फत जानकारी गराइने विभागले जनाएको छ । अङ्ग्रेजी भाषा परीक्षाका लागि विभागले विज्ञ समिति बनाएको छ । त्यही विज्ञ व्यक्तिहरूको सहयोगमा नै परीक्षा सञ्चालन हुनेछ ।

परीक्षामा परीक्षार्थीले प्राप्त गरेको अङ्क सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा नै देखिने गरी राखिने व्यवस्था गरिएको छ । इजरायलले अहिले एक हजार जना सहायक कामदार मागेको छ । जसमा ९ हजार ६९९ जनाको आवेदन परेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  १ : ०५ बजे