२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

विष्णु माझीको ‘चरी जेलैमा’ सबैभन्दा छिटो १ करोड भ्यूज पाउने नेपाली गीतको कीर्तिमान



काठमाडौं ।

विष्णु माझीद्वारा स्वरबद्ध गीत ‘चरी जेलैमा’ भिडिओ साझेदारी साइट युट्युवमा सबैभन्दा छिटो १ करोड पटक हेरिने नेपाली गीत बनेको छ । १३ दिनमा यसलाई १ करोड भ्यूज प्राप्त भयो । सुरुआती पाँच दिनमा २५ लाख भ्यूज प्राप्त गरेको यो गीतलाई ७ दिनमा ७५ लाख पटक हेरिएको छ । यो गीतलाई पछिल्लो सात दिनमा हरेक दिन औषत १० लाख पटक हेरिएको छ ।

‘सुरुआती भ्यूज सुस्त भएपनि चर्चाको कारण पछिल्लो समय यसको भ्यूजसँग उकालो लागेको छ’ युट्युव एनालिस्ट कुमार व्यञ्जनकारले नेपाल प्रेसलाई भने, ‘यसले कुरा बुझ्न पर्च र टाढा भएपनि गीतको रेकर्डलाई पनि उछिनेको छ ।’ चरी जेलैमालाई मंगलबारसम्म १ करोड ३१ लाखभन्दा बढी पटक हेरिएको छ । प्रकाश सपुतको कुरा बुझ्न पर्च र पल शाह अभिनित टाढा भएपनिले १५ दिनमा १ करोड भ्यूज प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  २ : १९ बजे