२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मेलम्ची नगरपालिकाका उपप्रमुख (एकीकृत समाजवादी)मा



काठमाडौं ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेकी छन् । आज पेप्सिकोलामा आयोजित उपत्यकामा उपलब्ध सिन्धुपाल्चोकका कार्यकर्ताको भेलामा उनी सहभागी भएकी छन् । नेकपा (एमाले)मा माधवकुमार नेपाल समूहमा रहेकी नेपाल समाजवादीमा नै खुलेकी हुन् । एमालेमा नेपाल समूहको गढ मानिएको सिन्धुपाल्चोकका जनप्रतिनिधिले पार्टी स्पष्ट गरेका छैनन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्नका लागि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्मको म्याद दिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  ३ : २० बजे