२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

कोरोना संक्रमण बढेपछि अर्घाखाँचीमा गए रातिदेखि पूर्णकालिन निषेधाज्ञा



मायादेवी अनलाइन, चारनम्बर ।

गए राति १२ बजेबाट अर्घाखाँचीमा पूर्णकालिन निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालिन निषेधाज्ञा गरिएको हो ।

पुर्णनिषेधाज्ञा ३० गतेसम्म हुने छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनुभयो ।

अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने निर्णय भएको छ ।

सार्वजनिक तथा भाडाका सवारी साधन सञ्चालनमा आउनु, बैंक तथा वित्तीय संस्थामा भीडभाड बढ्नु, व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो ।

प्रकाशित मिति : १७ श्रावण २०७८ आइतबार ००:००  ७ : ०५ बजे