काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन् । कोटेश्वरस्थित नेता नेपालको निवासमा अहिले भेटवार्ता जारी छ ।
नेता नेपाललाई सरकारमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बारम्बार आग्रह गर्दै आएका छन् । एमाले एकताका लागि प्रयास जारी रहेपनी त्यो निष्कर्षमा पुग्ने सकेत नदेखिएको बेला दाहालले नेपालसित भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री देउवाले आज सम्भवत मन्त्रिपरिषद् विस्तार गर्दै छन् । त्यसको पुर्व सन्ध्यामा नेपाल भेट्न दाहाल पुगेका हुन् । आजै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पनि मन्त्रीहरूको नाम टुंगो लगाउने तयारी गरेको छ । भने जसपाले पनि आज नै मन्त्रीको नाम दिन सक्ने बुझिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले हिजो बेलुकी प्रधानमन्त्री देउवासित भेटवार्ता गरेका थिए ।







प्रतिक्रिया