रुपन्देही ।
लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरूले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा विपक्षी दल, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले ४१ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई निवेदन बुझाएका हुन् ।
विपक्षी दलहरूले संविधानको धारा १६८ ९२० अनुसारको बहुमतको सरकार गठनका लागि माग गरेका छन् । निवेदनमा प्रदेश सभामा अहिले कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका सभामुखबाहेक १८ जना, जनता समाजवादी पार्टीका तीन जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ जनाको हस्ताक्षर छ । विपक्षी दलहरूले मुख्यमन्त्री शङ्कर पोखरेलले बहुमत गुमाएका कारण संविधानअनुसार बहुमतको सरकार गठन हुनुपर्ने माग गरेका छन् ।







प्रतिक्रिया