३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

दाउन्नेमा पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, विहानबाट पहिरो पन्छाउन सुरु



नवलपरासी ।

पूर्वपश्चिम राजमार्गमा पर्ने पश्चिम नवलपरासीको दाउन्नेमा सडकमै पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ। गए राति अर्थात् शुक्रबार बिहान करिब २ बजे पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दाउन्नेको खोर्सानी खोला नजिक पहिरो जाँदा राति देखि नै सवारी साधन रोकिएका छन्। शुक्रबार बिहान उज्यालो भएपछि पहिरो पन्छाउन थालिएको छ।

तर दाउन्ने क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाले पहिरो पन्छाउने काम प्रभावकारी हुन सकेको छैन। अहिले पनि पहिरो झर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा पूर्वबाट आएका सवारी साधन दुम्कीवासमा र पश्चिमतर्फबाट आएका सवारी साधन बर्दघाटमा रोकिएका छन्। सवारी साधन रोकिँदा यात्रुले सास्ती पाएका छन्।

प्रकाशित मिति : १८ भदौ २०७८ शुक्रबार ००:००  ८ : २४ बजे