३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माधव नेपालको पार्टी गैरकानुनी हो : सुवास नेम्बाङ




काठमाडौं ।
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्बाङले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी गैरकानुनी भएको आरोप लगाएका छन्।

‘उहाँको पार्टीमा सांसद र केन्द्रीय सदस्यको संख्या २० प्रतिशत पुग्दैन‚’ बुधबार संसदीय दलको बैठकमा नेम्बाङले भने, ‘निर्वाचन आयोगको निर्णय छक्क पर्ने खालको छ। त्यसैले उहाँहरुको पार्टी गैरकानुनी हो।’

एकीकृत समाजवादीको वरिष्ठ नेता झलनाथ खनालले सुरुको निवेदनमा कुनै पनि हस्ताक्षर नगरेको नेम्बाङको दाबी छ। पार्टीको तर्फबाट गरेको कारवाही सूचना टाँस नगरेर संसद् सचिवालयले पनि असहयोग गरेको नेम्बाङले असन्तुष्टि व्यक्त गरे।

प्रकाशित मिति : २३ भदौ २०७८ बुधबार ००:००  १ : ०३ बजे