१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित एक हजारभन्दा कम



काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट ६ हजार १ सय ३७ जना र एन्टिजेनबाट ३७०३ जनाको परीक्षण भएको छ। त्यस्तै दुई हजार १३६८ संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९३६ जनाको मृत्यु भएको छ।
यस्तै काठमाडौं उपत्यकामा थप ३५७ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंका २३०, ललितपुरका ८५ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ भदौ २०७८ शनिबार ००:००  ४ : ३१ बजे