सोमबार १४ सय संक्रमित थपिए, १६ जनाको मृत्यु


काठमाडौं ।

पछिल्लो २४ घण्टामा सोमबार मुलुकमा १४ सय ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ५३९ वटा नमूना (पीसीआर १२,५३२ र एन्टीजेन ४,००७) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १२ सय ६० जना डिस्चार्ज भएका छन् ।
गत २४ घण्टामा ९१ हजार ८३० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ९६५ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म आईसीयूमा ४७५जना, भेन्टिलेटरमा १३४ जना, होम आइसोलेशनमा २४,९५८ जना, संस्थागत आइसोलेशनमा १,६७२ र क्वारेन्टाइनमा २६२ जना रहेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.९ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.२ प्रतिशत छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस