गैडाकोटमा सवारी दुर्घटना, ३ जनाको मृत्यु


बुटवल ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको गैंडाकोट-१० स्मृतिपुल नजिकै आज बिहान सवारी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ ।

बिहान करिव ४ बजे काकँडभित्ता देखि महेन्द्रनगर तर्फ जादैँ गरेको सु.प्र.-०२-००१ ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं. को ट्रक एकआपसमा ठक्कर खादा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसी दिलिप कुमार गिरीले जानकारी दिए । मृतकहरुको परिचय खुल्न बाँकी रहेको गिरीले बताए ।

दुर्घटनामा बस सडक देखि अं.१० फिट तल खस्दा ट्रक चालक र बस चालक सहित २७ जना घाइते भएका थिए । उपचारको लागि चितवन पठाइएकोमा तिनको मृत्यु भएको र ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी गिरीले बताए ।

उनको अनुसार घाइते मध्ये १६ जना मध्यम र ५ जना सामान्य अवस्थामा रहेका छन् । उनीहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस