१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१६ वर्षकी बालिका बनिन् गाउँपालिका अध्यक्ष !



काठमाडौं ।

मोरङको बुढीगंगा गाउँपालिकाकी १६ वर्षीया एक बालिका एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा सुस्मिता ऋषिदेव एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनेकी हुन् । उनले आज वित्तीय र प्रशासनिक बाहेक सबै काम गर्नेछन्। उक्त गाउँपालिकाले स्थानीय सरकारको कामकाजको बारेमा बालबालिकालाई सूचित गर्नको लागि यस्तो कार्यक्रम राखिएको हो ।

बालअधिकारको वकालत र नीति निर्माण प्रक्रियामा बाल सहभागिताको सुनिश्चितताको लागि सांकेतिक रूपमा मोरङको बूढीगंगा गाउँपालिकामा एक बालिकालाई ‘एक दिने अध्यक्ष’ बनाएर अभ्यास गरिएको हो । गाउँपालिकाको नेतृत्वमा एक दिन सांकेतिक अध्यक्ष बालिका बनाइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८ मंगलबार ००:००  १ : २८ बजे