७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमालेबाट चोइटिएर गएकाहरू मासिन्छन्ः ईश्वर पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीबाट चोइटिएर जानेहरूको कुनै राजनीतिक भविष्य नरहेको बताएका छन्। शनिबार बानेश्वरमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलामा सम्बोधन गर्दै पार्टीबाट छुटेकाहरूको कुनै राजनीतिक भविष्य नरहेको बताएका हुन्। पार्टीबाट छुटेकाहरू मासिएर जाने उनले बताए। पार्टीबाट विभाजन रोजेकाहरू समाप्त हुने गरेको इतिहास रहेको भन्दै उनले सो कुरा बताएका थिए।

एमालेबाट चोइटिएर जानेहरू सकिन्छन्। मासिएर जान्छन्, उनले भने, विभाजनमा जानेहरूको भविष्य अन्धकारमा जान्छ। उनीहरूको भविष्य अँध्यारो सुरूङभित्र पसिसकेको छ। भेलामा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी सदस्य तथा बागमतीका इन्चार्ज राबहादुर थापा बादल सहभागी भएका छन्।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  २ : ५९ बजे