३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

संक्रमितभन्दा निको हुनेको संख्या बढी



काठमाडौं ।

नेपालमा थप सात सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सात सय ३४ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार १३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। सात हजार ३ सय ४ जनाको पिसिआर परीक्षण र दुई हजार सात सय ९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल २४ हजार ३१३ जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ।
एक हजार चार सय १३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०७८ आइतबार ००:००  ५ : १३ बजे