११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मृगौला किन फेल हुन्छ ? यस्तो छ लक्षण र बच्ने उपाय



एजेन्सी ।
मृगौला फेल हुनुलाई ‘एन्ड स्टेज रिनल डिजिज’ पनि भनिन्छ । डाक्टरका अनुसार मृगौला फेल हुनुको अर्थ दुबै मृगौलाले काम गर्न बन्द गरेको र अब डायलाइसिस वा किड्नी ट्रान्सप्लान्ट बिना धेरै दिनसम्म बिरामीलाई बचाउन सकिँदैन ।

कहिले हुन्छ मृगौला फेल ?
हाम्रो शरिरमा दुई मृगौला हुन्छ जसको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिनलाई अलग्गाउनु हो । यी टक्सिन पछि पिसाबमार्फत बाहिर निस्कने गर्दछ । जब कुनै कारणले मृगौलाले रगत फिल्टर गर्न वा फोहोर सामग्रीलाई बाहिर निकाल्ने क्षमता समाप्त हुन्छ भने मृगौला फेल भएको बुझ्नुपर्छ ।

१. नुनः

धेरै नुन खाँदा रक्तचाप बढ्छ । यसले मृगौलामाथि लोड बढ्ने गर्दछ र मृगौला फेल हुने गर्दछ ।

२. मधुमेहः

शरिरमा चिनीको मात्रा बढ्दा मृगौलामाथि फिल्टर गर्ने लोड बढ्ने गर्दछ जसका कारण मृगौला फेल हुनसक्छ ।

३. तनावः

तनावका कारण पैदा हुने हार्मोनले मृगौलालाई नोक्सानी पुर्याउँछ । मृगौला फेल हुने सम्भावना बढ्ने गर्दछ ।

४. गतिहीन जीवनशैलीः

यसले शरिरमा टक्सिन बढ्ने गर्दछ । मृगौलाले यी टक्सिनलाई बाहिर निकाल्न पाउँदैन जसका कारण यो फेल हुनसक्छ ।

५. धुम्रपान र मध्यपानः

यसले शरिरमा टक्सिन बढाउने गर्दछ । मृगौलाले यी टक्सिनलाई फिल्टर गर्न पाउँदैन र फेल हुनसक्छ ।

मृगौला फेल भएका ५ लक्षणः

१. पिसाबमा समस्याः

धेरै पिसाब आउनु, पिसाब फेर्न समस्या हुनु, पोल्ने, फिँजयुक्त पिसाब र पिसाबमा रगत देखिनेजस्ता लक्षण हुनसक्छन् ।

२. सुन्निनेः

टक्सिन फिल्टर नहुँदा पानी जम्मा हुने भएकाले शरिर सुन्निने गर्दछ जसलाई एडिमा भनिन्छ ।

३. छाला रोगः

रगतमा यूरियाको स्तर बढ्दा छाला रोग, मुख गन्हाउने, बान्ता होला जस्तो अनुभव हुनेजस्ता समस्या निम्तिन सक्छ ।

४. जोर्नी दुखाईः

शरिरमा टक्सिन बढ्दा हड्डी र जोर्नीमा दुखाई हुनसक्छ । थकान र कमजोरी पनि हुनसक्छ ।

५.कमजोरीः

मृगौला खराबीका कारण रगतमा अक्सिजनको संचार राम्रोसँग हुन पाउँदैन । यसले कमजोरी पनि निम्त्याउन सक्छ ।

मृगौला फेल हुनबाट बच्ने ५ टिप्सः

१. पर्याप्त पानी पिउनेः

यसले शरिरको टक्सिन फिल्टर भएर निस्किरहन्छ र मृगौला स्वस्थ हुन्छ ।

२. चीनी र नुनमाथि नियन्त्रणः

खानामा चीनी र नुन नियन्त्रण गरे रक्तचाप र मधुमेह नियन्त्रणमा रहन्छ । मृगौलामा भार पर्दैन जसका कारण मृगौला स्वस्थ रहन्छ ।

३. व्यायाम गर्नुहोस्ः

दैनिक आधा घण्टा हिँड्ने र व्यायाम गर्दा रक्त संचार राम्रो हुन्छ । मृगौला पनि स्वस्थ रहन्छ ।

४. स्वस्थ खानेकुरा खानुहोस्ः

हरियो सागपात, गेडागुडी, फलफूल आफ्नो खानेकुरामा समावेश गर्नुहोस् । यसो गर्दा मृगौला स्वस्थ रहन्छ ।

५. धुम्रपान, मद्यपानबाट टाढै रहनुहोस्ः

धुम्रपान, मद्यपान, जंक फूडबाट टाढै बस्नुहोस् । यसले मृगौलामा टक्सिन जम्मा हुन दिँदैन ।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  ८ : १४ बजे