७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बुटवलको ज्योतिनगरमा फेरि पहिरो, दुई दर्जन घरमा क्षति



बुटवल ।
बुटवलको ज्योतिनगरमा फेरि पहिरो गएको छ। पहिरोले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घरमा क्षति पुगेको छ।

आइतबार रातिदेखि परेको लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

आक्रोशित स्थानीयले सोमबार सो क्षेत्रमा अवलोकन गर्न पुगेका बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीमाथि हातपात पनि गरेका थिए।

प्रकाशित मिति : ४ आश्विन २०७८ सोमबार ००:००  १ : ४४ बजे