१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

थप १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।

नेपालमा मंगलबार थप १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ६ सय २६ पिसिआर परिक्षणका क्रममा १ हजार ३६ जना र ३ हजार ९ सय ९६ एन्टीजेन परिक्षणका क्रममा २ सय ९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७५ हजार ९ सय ५९ पुगेको छ ।

त्यस्तै कोरानाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ हजार ८ सय ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ५४ हजार संक्रमित निको भएका छन् । हाल २१ हजार ५ सय २४ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५० जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८ मंगलबार ००:००  ५ : २७ बजे