१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

विश्वभर कोरोना संक्रमितको संख्या २३ करोड नाघ्यो



काठमाडौं ।
केही दिनदेखि विश्वभर कोरोना संक्रमणको दर बढिरहेको छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर र मृत्यु दरसमेत बढेको देखाएको हो ।

त्यस्तै, निको हुनेको संख्या पनि बढिरहेको पाइएको छ । नेपालमा भने केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेको छ र निको हुनेको संख्या बढिरहेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या पनि घट्दो क्रममा रहेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ८०४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ७ हजार ८०४ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ३० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २३ करोड २ लाख ४९ हजार ५०७ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, २० करोड ६९ लाख ७० हजार ४४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ४७ लाख २१ हजार २६५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५३ जनाको ज्यान गएको छ । २२ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन् भने ७ लाख ८६ हजार ५५७ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ७ लाख ५४ हजार जना संक्रमित निको भइसकेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ५ : ३९ बजे