१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

श्री कैलाश आश्रम धाम नन्दनगरमा नयाँ नेतृत्व चयन



मायादेवी अनलाइन, वाणगंगा ।
श्री कैलाश आश्रम (धाम) तथा मनकामना दुर्गा मन्दिरको पाँचौं अधिवेशन तथा दशौं बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । वाणगंगा नगरपालिका २ नन्दनगर स्थित श्री कैलाश आश्रम धामको पाचौं अधिवेशनले समाजसेवी कर्ण बहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा धनराज रेग्मी, नवदत्त घिमिरे, दयाराम पौडेल रहनुभएको छ भने सचिवमा अमित पौडेल चयन हुनुभएको छ । त्यस्तै सह सचिवमा दिपक शर्मा भुसाल, कोषाध्यक्ष सन्तोषी कडेल र अन्य सदस्यहरुमा रहनुभएको छ ।

कैलाश आश्रम धामको कार्यसमितिमा पदेन सदस्यको रुपमा वडा न. १ की वडा अध्यक्ष बालकुमारी पन्थ र वडा न.२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल रहनुभएको छ । त्यस्तै पदेन सदस्यहरुमा वडा भित्र रहेका मन्दिरहरुबाट प्रतिनिधित्व हुनेगरी चुरामणी अधिकारी, मेनुका खनाल र उषा अर्याल रहेको नवगठित कार्यसमितिका सचिव अमित पौडेलले जानकारी दिनुभयो ।

कैलाश आश्रम लुम्बिनी प्रदेशमै परिचित धार्मिक तथा साँस्कृतिक स्थलको रुपमा चिनिदै आएको छ । कैलाश आश्रम गुरुकुल, धार्मिक बन र मनकामना दुर्गा मन्दिरको छाता संगठन हो ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ५ : ४९ बजे