१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तस्बिरमा हेर्नुहोस्, नेकपा (एस)को पहिलो केन्द्रीय कमिटी बैठक



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) पार्टिको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । आज मङ्गलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो ।

बैठकमा अध्यक्ष नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँच समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराइएको पनि उहाँले जानकारी दिनुभयो ।

पार्टीको बैठक बुधवार पनि बस्ने पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । भोलिको बैठकले समसामयिक प्रस्ताव पारित गर्ने, कार्यविभाजन गर्ने उहाँको भनाइ छ ।

आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढीकरण र पार्टीलाई पुनर्जागृत गरिने योजना रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ६ : २२ बजे