७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

गुल्मीमा पहिरोले घर पुर्दा ३ जनाको ज्यान गयो



शिव सुवेदी, गुल्मी ।
गुल्मीमा गएराति अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बीचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएको पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार रहेको थियो ।

पहिरोमा पुरिएकाहरुको शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरी शसस्त्र प्रहरीको संयुक्त सहयोगमा ३ मृत अवस्थामा निकाली जिल्ला अस्पताल तम्घास गुल्मी पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ६ : ४३ बजे