१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

थप १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि



काठमाडौं ।

देशभर थप १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् । यसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयूमा र ११९ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ६३० जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । यही अवधिमा थप १ लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ४ : ४८ बजे