काठमाण्डौ ।
राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले स्वीकृत गरेको छ ।
आज बिहान बसेको बैठकले यी दुई विधेयक बहुमतले पारित गरेको हो । यी दुई विधेयक अर्को बैठकमा पारित गर्ने तयारी छ । अर्को बैठक आउँदो सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ। यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् ।
राष्ट्रिय सभाबाट विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ । प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यसअघि सङ्घीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक २०७८ लाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नु भएको थियो ।
विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।
प्रतिक्रिया