७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

ईपीएलको चौथो संस्करण आजदेखिः उद्घाटन खेलमा ललितपुर र काठमाण्डौ भिड्दै



काठमाण्डौ ।

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । विश्वमै नाम चलेका विदेशी खेलाडी र भव्य तयारीका कारण बहुचर्चित बनेको ईपीएल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि सुरु हुन लागेको हो । उद्घाटन खेलमा दिउँसो सवा १२ बजे ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किङ्ग्स इलाभेन खेल्दैछन् ।

ललितपुर साविकको विजेता पनि हो । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्दैछन् । ललितपुरमा श्रीलङ्काका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इङ्ग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी छन् भने सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, अफगानिस्तानका रहमान उल्लाह गुर्बाज, सिङ्गापुरका जनक प्रकाश लगायतका खेलाडी रहेका छन् । ६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ७ : ५८ बजे