१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अरिङ्गाले टोक्दा दैलेखमा एक जनाको ज्यान गयो



दैलेख ।
दैलेखको तोलिजैसीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ ।

ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताउनुभयो ।

हिजो दिउँसो छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा उहाँ घाइते हुनुभएको थियो । सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालको आईसीयूमा राखेर उपचार गराइरहेको अवस्थामै उहाँको ज्यान गएको श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक देवबहादुर शाही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन ‘नेपाल किसान सङ्घ(क्रान्तिकारी’का जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य जिम्मेवारीमा हुनुहुन्थ्यो।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  १२ : ४४ बजे