७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनु देउवाको अनुरोध



काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा कार्यकर्तालाई आफ्नो भूमिका प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

आजबाट सुरु भएको नगर र गाउँपालिकाको अधिवेशनलाई सफलताको शुभकामना दिँदै सभापति देउवाले कार्यकर्तालाई आफ्नो भूमिका प्रभावकारी बनाउन निर्देशन दिएको हुन्।

सामाजिक सञ्जालमा लेखेको छन, ‘आजदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी नेपाली कांग्रेसका नगर र गाउँ प्रतिनिधि साथीहरूलाई हार्दिक स्वागत तथा शुभकामना। कोभिड १९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनुहुन अनुरोध गर्दछु।’

कार्यकर्ताको विश्वासले नै कांग्रेसलाई थप बलियो बनाउन सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन्। जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

‘तपाईंहरूको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ। जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु’ सभापति देउवाले लेखेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  १ : २४ बजे