३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

बर्दियामा चट्याङ लागेर एकको मृत्यु



बर्दिया ।
बर्दियास्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर उनी घाइते भएका थिए।

घाइते चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  १ : ३१ बजे