११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

काठमाण्डौलाई हराउँदै चितवन ईपीएलको शीर्ष स्थानमा



काठमाण्डौ ।

एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा चितवन टाइगर्सले काठमाण्डौ किङ्ग्स इलाभेनलाई तीन विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको एक सय ४२ रनको लक्ष्य चितवनले आठ विकेट गुमाएर आठ बल बाँकी छँदै भेटायो । चितवनका लागि राजेश पुलामीले सर्वाधिक २६ र दिलिपनाथ र कमलसिंह ऐरीले समान २३र२३ रन बनाए । काठमाण्डौका जितेन्द्र मुखिया र रायन बर्लले दुईरदुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४१ रन बनायो । काठमाण्डौका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए भने राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए । चितवनका सागर ढकालले चार र करिम जनतले दुई विकेट लिए । आजको जितसँगै चितवन चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ भने काठमाण्डौ दुई अङ्कसहित चौथो स्थानमा छ । ईपीएलमा अहिले भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्स खेलिरहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  २ : २७ बजे