११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

वाणगंगाको पटनामा २ दिने बाली उपचार शिविर सुरु




कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका १० पटना मेचकुरी डाँडामा २ दिनेबाली उपचार शिबिर तथा बिषादी सचेतना कार्यक्रम आजबाट सुरु भएको छ । बाणगंगा नगरपालिका कृषि बिकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र कपिलवस्तुको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमबाट बालीनालीमा लाग्ने रोग ,समाधानको उपाय, बिषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाईदा बेफाईदा लगाएत कृषि संग सम्बन्धित विविध जानकारीहरु कृषकले प्राप्त गर्न सक्ने नगरपालिकाका कृषि बिकास शाखा प्रमुख लेस बहादुर के.सीले बताउनुभयो ।

कार्यक्रममा कृषकहरुले नमुनाका रुपमा ल्याएका बिभिन्न बालीनालीहरुका समस्यालाई प्रयोगात्मक तरिकाबाट परिक्षण गरि रोगको पहिचान गरि उपचार बिधि समेत बताई कृषकहरुलाई सचेत बनाउने गरि अगाडी बढ्ने केसीले बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा रबिन्द्रनाथ चौबेले पछिल्लो समय बालीनालीमा लाग्ने रोगको संक्रमणबाट बचाउनका लागि प्रयोग गरिने बिषादिको दुरुपयोग भएको बताउनुभयो ।

बिषादीको प्रयोग गर्न जानेमा कृषि क्षेत्रमा सोचे जस्तो उपलब्धि हासिल गर्न सकिने तर यसको गलत प्रयोगले मानिसको ज्यान समेत जान सक्ने भन्दै उहाँले यस बिषयमा जानेर बुझेर मात्रै प्रयोग गनै सुझाव दिनुभयो । यस्तै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले कृषि क्षेत्रको बिकास र बिस्तारका लागि नगरपालिका सदैब तत्पर रहेको बताउँदै, कृषकको माग र आवश्यकता अनुसार यस्ता कार्यक्रमहरु गर्दै नगरलाई कृषि क्षेत्रमा नमुनाको रुपमा स्थापित गर्न प्रतिबद्द रहने बताउनुभयो ।
यस्तै बाणगंगा नगरपालिकाका निमित्त प्रमुख बाबुराम भट्टराईले कपिलवस्तुको बाणगंगा नगरपालिका देशभरिमै कृषि क्षेत्रको सम्भावना बोकेको नगर भएको र यहाँ उत्पादन भएका खाद्यान्न ७७ वटै जिल्लामा पुगेको बताउदै कृषि क्षेत्रमा नगरपालिकाको तर्फबाट लगानीमा कुनै कमी नगर्ने बताउनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका बालि संरक्षण अधिकृत सत्यराम हरिजन, वडा सदस्य राम नक्षत्र चौधरी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाको कृषि शाखामा कार्यरत कर्मचारी , कृषकहरु, पत्रकार लगाएत उपस्थित थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ५ : ५४ बजे