८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बझाङमा पहिरोले एउटा गाउँ नै पुरियो, २३ जना वेपत्ता



बझाङ ।
बझाङमा पहिरोले गाउँ पुरिँदा २३ जना सम्पर्कविहीन भएका छन्। थलारा गाउँपालिका( ४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा ७ घर पुरिएका हुन्। बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका शान्ति माध्यमिक विद्यालयका शिक्षक मदनबहादुर साउदले बताए।

पहिरोपछि तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भई त्रिभुवन माध्यमिक विद्यालयमा बसिरहेका उनले बताए।

टेलिफोन सेवा अवरूद्ध हुँदा प्रहरीलाई समेत खबर गर्न नसकेको उनले बताए। स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न सकेका छैनन्। स्थानीयले पानी परिरहेकोले बेपत्ता हुनेहरूको खोजी गर्न सकेका छैनन्। यसबारे प्रहरी र प्रशासनलाई सोध्न खोज्दा नेटवर्क नभएकोले सम्पर्क हुन सकेन।

प्रकाशित मिति : २ कार्तिक २०७८ मंगलबार ००:००  ५ : २९ बजे