८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बाढीपहिरो पीडितहरुलाई तत्काल राहत प्याकेज घोषणा गर्न युवा संघको माग



मायादेवी अनलाइन, चारनम्बर ।

बाढीपहिरोबाट पीडित भएका देशभरका नागरिकलाई तत्काल राहत प्याकेज घोषणा गर्न युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिले सरकारसंग माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) निकट युवा संघले बुधबार एक विज्ञप्ती जारी गरी देशभर आएको बाढी, पहिरो र डुवानका कारण धेरै जनधनको क्षति भएको, कैयौँ वेपत्ता भएको र हजारौँ विस्थापित भएको हुँदा उनीहरुको लागि तत्काल राहत वितरण गर्न, उद्धारको कामलाई तिव्रता दिन सरकारसंग माग गरेको हो ।

संघका अध्यक्ष किशोर थापा र सचिव चन्द्रकान्त न्यौपानेद्धारा “हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । ‘आइतबारदेखि आएको लगातारको बर्षा, बाढी, पहिरो र हावाहुरीबाट मुलुकभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । बाढी, पहिरो र डुवानमा परेर दर्जनौँ बढी मानिसको ज्यान गएको छ । कयौँ वेपत्ता छन् । हजारौँ विस्थापित भएका छन् । देशभरका दर्जनौँ सडकमा क्षति पुगेर आवतजावत ठप्प छ । यस्तो अवस्थामा मुलुकका तिनै तहका सरकारले चाँडोभन्दा चाँडो राहत, उद्धारको काम गरी पीडामा परेका नागरिकलाई महलम लगाउनु पर्ने देखिन्छ । यो विषम परिस्थितिमा कुनै ढिलासुस्ती नगरी चाँडोभन्दा चाँडो तादकरुक्ताका साथ काम गर्न सबै तहका सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछौँ ।’

लुम्बिनी प्रदेशका बाँके, पाल्पा, रुकुम, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाका किसानको बालीनालीमा ठुलो नोक्सानी भएकाले तत्काल प्रदेश सरकार र स्थानीय सरकारले अध्ययन अवलोकन गरी राहत दिनुपर्ने संघको जोडदार माग गरेको छ ।

विज्ञप्तीमार्फत् किसानको लागि पनि तत्काल राहत दिन आग्रह गरिएको छ । देशभरका किसानको धान लगायतको बालीनाली सखाप भएको हुँदा कुनै विलम्ब नगरी तत्काल लगत संकलन गरेर तिनै तहका सरकारले उचित राहत दिनु पर्ने संघका अध्यक्ष थापाले बताउनु भयो । अलपत्र यात्रु र पर्यटकलाई गन्तव्यमा पुर्याउन, राहत बाँड्न युवा, विद्यार्थी र सिंगो पार्टी पंङ्ती एकजुट भएर लाग्नु संघले विज्ञप्तीमार्फत सबैमा आग्रह गरेको छ । युवा संघका देशभरका कार्यकर्ता अहिले उद्धारा तथा राहत वितरणमा जुटिरहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८ बुधबार ००:००  ५ : २२ बजे